काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ४१.४३ अंकले बढेर दुई हजार ६६३.३० विन्दुमा पुगेको छ ।
बैंकिङ १२, विकास बैंक ६०, फाइनान्स ३२, होटल तथा पर्यटन २८, हाइड्रोपावर ३७, जीवन बीमा २२६, निर्जीवन बीमा १०४, माइक्रोफाइनान्स १०६, उत्पादन ६५, व्यापार २४७ र अन्य उपसमूह ४१ अंकले बढेको छ ।
आज गुराँस लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज कुमार सबल योजनाको सेयर उपकार लघुवित्तको सेयर साढे १ प्रतिशतले घटेको छ ।
यस दिन ३०९ कम्पनीको ९७ लाख कित्ता सेयर ५ अर्ब २२ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया