काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ३३.३३ अंकले घटेर दुई हजार ६७०.०६ विन्दुमा पुगेको छ ।
बैंकिङ १३, विकास बैंक ६१, फाइनान्स ५८, होटल तथा पर्यटन ८६, हाइड्रोपावर ४८, जीवन बीमा १११, निर्जीवन बीमा १५०, माइक्रोफाइनान्स ५०, उत्पादन १००, अन्य ११ र व्यापार उपसमूह १४९ अंकले घटेको छ ।
आज अप्पर हेवाखोला हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज बाराही हाइड्रोपावरको सेयर झण्डै साढे ७ प्रतिशतले बढेको छ ।
यस दिन ३२२ कम्पनीको एक करोड कित्ता सेयर ५ अर्ब ६५ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया