काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ८.६२ अंकले घटेर दुई हजार ६६२.०८ विन्दुमा पुगेको छ ।
बैंकिङ २, विकास बैंक ४२, फाइनान्स २२, हाइड्रोपावर १५, जीवन बीमा ८१, अन्य १९, माइक्रोफाइनान्स १२, उत्पादन ५९ र व्यापार उपसमूह ६५ अंकले घटेको छ । त्यस्तै, आज होटल तथा पर्यटन ९ र निर्जीवन बीमा उपसमूह १० अंकले बढेको छ ।
आज विन नेपाल लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज गुडविल फाइनान्स डीबेन्चर र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२२ कम्पनीको एक करोड ३१ लाख कित्ता सेयर ६ अर्ब २८ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया