Logo

मुख्य समाचार

७ अंकले बढेको सेयर बजारमा ७ अर्ब २६ करोडको कारोबार


GDP नेपाल
   ३ बैशाख २०८२, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ७.०१ अंकले बढेर दुई हजार ६९६.२३ विन्दुमा पुगेको छ ।



बैंकिङ ५, विकास बैंक ६१, हाइड्रोपावर ५६, जीवन बीमा ७, निर्जीवन बीमा ६८ र व्यापार उपसमूह ५ अंकले बढेको छ ।
त्यस्तै, आज फाइनान्स १७, होटल तथा पर्यटन ११, अन्य २६,
माइक्रोफाइनान्स २ र उत्पादन उपसमूह ११ अंकले घटेको छ ।


आज कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफि हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज गुँरास लघुवित्तको सेयर साढे ५ प्रतिशतले घटेको छ ।







यस दिन ३२९ कम्पनीको एक करोड ६६ लाख कित्ता सेयर ७ अर्ब २६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३ बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह