Logo

मुख्य समाचार

नेप्से १६.६८ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट


gdpnepal
   ७ बैशाख २०८२, आइतबार


काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से १६.६८ अंकले घटेको छ । आइतबार नेप्से २७०६.०४ विन्दुमा बन्द भयो भने कारोबार रकम पनि घटेको छ ।
आइतबार आठ अर्ब ४३ करोडको कारोबार भएको छ, यसअघि गत बिहीबार १० अर्बभन्दा बढीको कारोबार भएको थियो ।

कूल ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ वटाको घटेको सेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य भने ९.९९ प्रतिशतले र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

मूल्य घटेका कम्पनीमध्ये हिमालयन पावर पार्टनरको मूल्य सर्वाधिक ७.३३ प्रतिशतले र बलेफी हाइड्रोपावरको मूल्य ७.२७ प्रतिशतले घटेका छन् भने राधी विद्युतको सर्वाधिक कारोबार भएको छ ।

समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ ।

 

प्रकाशित : ७ बैशाख २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह