काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ७.७५ अंकले घटेर दुई हजार ६९८.२८ विन्दुमा पुगेको छ ।
बैंकिङ ११, फाइनान्स २६, जीवन बीमा २२, निर्जीवन बीमा १९, अन्य २३, माइक्रोफाइनान्स ५, आज व्यापार उपसमूह ७० अंकले घटेको छ । त्यस्तै, विकास बैंक २४, हाइड्रोपावर २७, होटल तथा पर्यटन ३ र उत्पादन उपसमूह २ अंकले बढेको छ ।
आज गूडविल फाइनान्स डीबेन्चरको सेयर ७.७५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३१९ कम्पनीको दुई करोड १२ लाख कित्ता सेयर ८ अर्ब ७७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया