काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३.४४ अंकले घटेर दुई हजार ६२०.३९ विन्दुमा पुगेको छ ।
फाइनान्स ३१, जीवन बीमा ३६, अन्य ०.५२, हाइड्रोपावर ३, माइक्रोफाइनान्स ११ र व्यापार उपसमूह ३८ अंकले घटेको छ । त्यस्तै, बैंकिङ १, विकास बैंक ३, होटल तथा पर्यटन ३, उत्पादन ४४ र निर्जीवन बीमा उपसमूह २८ अंकले बढेको छ ।
आज विन नेपाल लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ र ओम मेगा श्री फर्मेटिकल्सको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२२ कम्पनीको दुई करोड १९ लाख कित्ता सेयर ९ अर्ब २४ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया