पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति कम हुँदै गएपछि गायक गायिका लगेर कन्सर्ट गर्न लागिएको छ ।
जसले जे सक्छ त्यही दान गर्ने भन्दै कोटिहोममा नगद र जिन्सी समेत दान संकलन गरिरहेको कोटीहोममा अपेक्षाकृत भक्तजनको सहभागिता नभएपछि निशुल्क कन्सर्ट आयोजना गरेर भीड जम्मा गर्न लागिएको हो ।
कोटिहोममका आज शुक्रबार चर्चित गायिका समीक्षा अधिकारी र शनिवार चर्चित लोकगायक पशुपति शर्मा, लोक गायिका तथा राधिका हमालले साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।










प्रतिक्रिया