काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १२.५३ अंकले घटेर दुई हजार ६५०.११ विन्दुमा पुगेको छ ।
बैंकिङ ७, फाइनान्स ८६, हाइड्रोपावर ४८, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा १८, अन्य ३४ र उत्पादन उपसमूह ३३ अंकले घटेको छ । त्यस्तै, विकास बैंक ५९, होटल तथा पर्यटन ४००, व्यापार १६ र जीवन बीमा उपसमूह १५ अंकले बढेको छ ।
आज सिन्धु विकास बैंकको सेयर ७.३० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, हिमालयन हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०० कम्पनीको दुई करोड ४० लाख कित्ता सेयर १० अर्ब २० करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया