Logo

कर्पोरेट-बजार

४८ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा


GDP नेपाल
   ६ जेष्ठ २०८२, सोमबार


काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफा घटेको छ ।

कम्पनीको खुद नाफा ४८.६७ प्रतिशतले घटेर २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४६.०२ प्रतिशत घटेको छ भने कुल आम्दानी ८.८९ प्रतिशतले घटेको छ ।
कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २१.०५ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५०३.९३ रुपैयाँ रहेको छ ।

प्रकाशित : ६ जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह