Logo

अर्थनीति

गभर्नर छनोट समितिको बैठक सुरुः अझै चलखेलको सम्भावना कति ?


gdpnepal
   ७ जेष्ठ २०८२, मंगलबार


काठमाडौं । सत्तारुढ दुई दलका नेताको सहमतिपछि अहिले नेपाल राष्ट्र बैंकको गभर्नर छनोट सिफारिस समितिको पहिलो बैठक सिंहदरबारमा बसिरहेको छ ।

समितिका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित सदस्यहरु महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डेको प्रफुल्ल मुद्राको तस्बिर मन्त्री पौडेलको सचिवालयले नै सार्वजनिक गरेको छ ।

शीर्ष नेताहरुबीचको सहमतिलाई प्रक्रिया पूरा गरेर सिफारिस गर्ने समितिले छुट्टै नाम सिफारिस गर्ने अवस्था नरहे पनि दुई डेपुटी गभर्नरमध्ये कसलाई सिफारिस गर्ने भन्नेले भने अर्थ राख्दछ ।

गभर्नरका लागि डा. विश्व पौडेल सुनिश्चित भए पनि कामु गभर्नर निलम ढुंगानाको नाम सिफारिसमा पर्ने चर्चासँगै अझै आशंकाका बादल मडारिएको छ ।

आजै साँझ बस्ने क्याविनेटले गभर्नर नियुक्ति टुंग्याउने तयारी भइरहेका कारण सिफारिस भएका नाममा अड्कलबाजीका लागि लामो समय भने छैन ।

गभर्नरकै लागि नयाँ गठबन्धन बनाउने अवस्था नरहेका कारण पौडेलको नाउँमा प्रधानमन्त्रीले असहमति जनाउने छैनन् ।

पौडेल आफैं पनि काबिल अर्थशास्त्री र विवादरहित छविका भएका कारण उनको नियुक्तिले सरकारले आलोचनाको सामना गर्नुपर्ने भने देखिँदैन ।

प्रकाशित : ७ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह