Logo

अर्थनीति

केन्द्रीय बैंकको बागडोर विश्व पौडेललाईः नीतिगत र प्राज्ञिक क्षेत्रका अनुभवी व्यक्तित्व


gdpnepal
   ७ जेष्ठ २०८२, मंगलबार


काठमाडौं । अर्थशास्त्री डा. विश्वनाथ पौडेल (विश्व पौडेल) नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई मुलुकको केन्द्रीय बैंकको बागडोर सुम्पेको हो । राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका पौडेल नीतिगत र प्राज्ञिक क्षेत्रका अनुभवी व्यक्तित्व हुन् ।

डा. पौडेलले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट कृषि तथा स्रोत अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र, र आर्थिक इतिहासमा विशेषज्ञता राख्छन् ।

पौडेल काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा प्राध्यापन गरिरहेका छन् । उनीसँग राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँगै अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार र इसिमोडको बोर्ड अफ गभर्नर्सको अध्यक्षको अनुभव पनि छ ।

पौडेलेको नियुक्ति सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिमा भएको हो । उनको सम्भावित नियुक्तिअघि उत्पन्न कानुनी विवाद अदालतले प्रारम्भिक चरणमै खारेज गरिसकेको छ ।

उनीविरुद्ध नियुक्तिअघि अदालतमा रिट दर्ता हुन सकेको छैन । उनले गत आम निर्वाचनमा चितवनबाट प्रतिस्पर्धासमेत गरे पनि पार्टी राजनीतिमा भने सक्रिय छैनन् ।

 

प्रकाशित : ७ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह