Logo

मुख्य समाचार

महानगरमा ‘विधिको शासन’ सुरु हुँदा बालेन एक्लिए, राजु पाण्डे निरीह!


gdpnepal
   ८ जेष्ठ २०८२, बुधबार


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफ्नो अधिकार प्रयोग गरी मंगलबार नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेमाथि स्पष्टीकरण सोधेका हुन् ।

यसअघि महानगर प्रहरी प्रचलित ऐन कानुन विपरीत मेयर बालेन शाहको सनकका भरमा चलिरहेका नगर प्रहरी कानुनत: प्रमुख प्रशासकीय अधिकृतले मात्र सञ्चालन गर्न पाउँछन् ।

यस घटनालाई तीन वर्षपछि बल्ल महानगरमा विधिको शासन सुरु भएको रूपमा हेरिएको छ । 

यस घटनासँगै महानगरमा मेयर शाह एक्लिएका छन् भने उनका विश्वासपात्र राजु पाण्डे निरीह बनेका छन् ।

गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधेका हुन् ।

‘नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेलाई स्पष्टीकरण सोधिएको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको कार्यकक्षको ताला खोल्ने क्रममा किन अवरोध पुर्‍याएको हो, स्पष्टीकरण दिन भनिएको छ,’ महानगर स्रोतले भन्यो।

काठमाडौं महानगरपालिकाले २०८० असोजमा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा गरेको थियो ।

त्यसअघि नगर प्रहरी उपरीक्षक रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने निर्णय गरेको थियो ।

 

प्रकाशित : ८ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह