Logo

अर्थनीति

विद्युत प्राधिकरणको स्वेतपत्र यथार्थपरक छ: मन्त्री खड्का


GDP नेपाल
   ८ जेष्ठ २०८२, बुधबार


काठमाडौं । उर्जामन्त्री दिपक खड्काले विद्युत प्राधिकरणको   यथार्थपरक रहेको बताएका छन् ।

बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विद्युत प्राधिकरणको नाफा र घाटाको सन्दर्भमा अहिलेको स्वयतपत्र यथार्थपरक रहेको बताएका हुन् ।

उनले भने, ‘विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा अहिलेको स्वयतपत्र यथार्थपरक छ अझै यसमाथि आयोजनाहरु तिर्नुपर्ने यकिन आइसकेको नभएर चाडै अडिट हुदैछ । यो कुरा भन्नुपर्छ सरकारी निकायहरुले आफ्नो कार्य पारदर्शी हुनुपर्छ ।’

उनले महालेखा प्रतिवेदन र समितिको प्रतिवेदनमा तालमेल नमिलेको भन्दै उनले अन्तराष्ट्रिय रुपमा मान्य हुने गरी अडिट गरी निर्णय गरेको बताए ।

‘पूर्व एम्डि गएपछि नयाँ एम्डि आएपछि भएको हैन । पूर्व एमडी हुदैमा उहाँले प्रस्ताव ल्याउदा प्रश्न राखेर यसको अडिट गर्ने किनभने महालेखा एकथोक भन्ने र प्रतिवेदनले अर्को भन्छ । यो तालमेल मिलेको छैन । त्यतिखेर महालेखा प्रतिवेदन बाहिर आएको थिएन तर हामीसँग आईसकेको थियो । महालेखा प्रतिवेदनले घाटा देखाइरहेको छ तपाई नाफा देखाइरहनुभएको छ यो तालमेला मिलेन यसको अडिट गरेर निर्णय गरेका छौ ।’ उनले भने ।

प्रकाशित : ८ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह