Logo

अर्थनीति

निर्यात व्यापारमा सबै रेकर्ड ब्रेकः दश महिनामा २ खर्ब १७ अर्बको वस्तु बाहिरियो


gdpnepal
   ८ जेष्ठ २०८२, बुधबार


काठमाडौं । मुलुकको निर्यात व्यापारमा अहिलेसम्मका सबै रेकर्ड ब्रेक भएको छ । वैशाखसम्म मुलुकबाट २ खर्ब १७ अर्ब ९१ करोड १० लााख ५९ हजार रुपैयाँ बराबरका बस्तु निर्यात भएको छ ।

तीन वर्षअघि १२ महिनाको व्यापारमा निर्यात व्यापारले २ खर्बको आँकडा पार गरे पनि यस वर्ष भने १० महिनामै २ खर्बभन्दा बढी निर्यात भएको हो ।

प्रतिशतका आधारमा गत वर्षको १० महिनाभन्दा चालू वर्षमा ७२.७१ प्रतिशतले निर्यात बढेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार यस अवधिमा आायात १३.११ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १८ करोड पुगेको छ भने व्यापारघाटा १२ खर्ब ५६ अर्ब २७ करोड पुगेको छ ।

यस्तै, कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेर १२.८८ प्रतिशत पुगेको विभागले जनाएको छ ।

 

प्रकाशित : ८ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह