Logo

मुख्य समाचार

पोखरा विमानस्थल छानबीन प्रतिवेदन: लेखा समितिले अन्ततः अपनत्व लियो


gdpnepal
   ९ जेष्ठ २०८२, बिहिबार


काठमाडौं  । सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई थप ग्रहण गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय गरेको छ । 

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले उक्त निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । 

उनले भने,‘ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई लेखा समितिले थप ग्रहण गर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय भएको छ ।  

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथि आएको विषयहरु सचिवालयले ड्राफ्ट बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको पनि जानकारी गराए ।

प्रतिवेदनमा रहेका एमाले सांसदहरुले हस्ताक्षर नगरेको तथा संसदीय समिति वैठकमा समेत एमाले सांसदहरूले यसको विरोध गरेका थिए ।

 

प्रकाशित : ९ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह