काठमाडौं । संवैधानिक निकायका आयुक्त र अध्यक्षजस्ता पदलाई आफ्नो पेवा ठान्दै आएका नेपाल सरकारका सचिवहरु यतिबेला आफ्नो पेशागत जिम्मेवारी छाडेर लबिङमा उत्रेका छन् ।
मुख्यसचिव एकनारायण अर्यालसहितका अधिकांश सचिवहरु प्रस्तावित कुलिङ पिरियडको विरुद्ध नेताको घरदैलो र सभामुख तथा राष्ट्रियसभा अध्यक्षकहाँ पुगेर लबिङ गरिरहेको पाइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे लगायतसँग भेटेर कुलिङ पिरियड हटाउन माग गरिसकेका सचिवहरु राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसँग पुगेका छन् ।
कुलिङ पिरियडले संवैधानिक नियुक्तिमा आफूहरुलाई अप्ठेरो पर्ने भएपछि उनीहरु यसको विरोधमा उत्रेका हुन् ।
कुलिङ पिरियड राखिए सामूहिक राजीनामा गर्ने धम्की दिए पनि राजनीतिक दलहरु यो व्यवस्था राख्नै पर्ने पक्षमा छन् ।
पदमा रहँदै विभिन्न सेटिङ गरेर नियुक्ति लिन पल्केका अग्रजहरुको अनुशरण गर्दै विभिन्न पद ताकेका बहालवाला सचिवहरु यो बाटो बन्द हुने भएपछि यसरी अघोषित हड्ताल र आन्दोलनमा उत्रेका हुन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकमा २ वर्षको ‘कुलिङ पिरियड’ राख्ने व्यवस्था पारित गरिसकेको छ ।
निजामती सेवाको उच्च ओहदाबाट अवकाश पाएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक र राजनीतिक नियुक्ति नपाउने गरी ‘कुलिङ पिरियड’ राखिएकोमा सचिवहरू असन्तुष्ट छन् ।










प्रतिक्रिया