Logo

अर्थनीति

कृषिलाई प्राथमिकता भनेर मात्र पुग्दैन, बजार सुनिश्चित गर्नुपर्छः सभापति चालिसे


gdpnepal
   ९ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले आगामी योजनामा कृषि क्षेत्रलाई प्राथमिकता मात्र दिने नभनी बजार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै समितिका सभापति चालिसेले कृषि क्षेत्रको विकासका लागि बजारको सुनिश्चता हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अब हामीले कृषि, पर्यटन, विद्युत, आइटी र उर्जामा जोड दिनुपर्छ भनेर सबैले जोड दिनुभएको छ । तर कृषी क्षेत्रलाई ध्यान दिने मात्र भनेर कुनै अर्थ छैन् । कृषि क्षेत्रको रुवाबासी हेरेका छौं । किसानले बैंकबाट ऋण लिएर गाई पाल्छ तर दुध विक्री नभएर पोख्ने अवस्था छ । बजारको सुनिश्चता छैन् । तरकारी रोप्दा भारतबाट आएको तरकारी कारण फाल्न परेको छ ।’

उनले तरकारीलगायत उपभोग्य कृषि उपजको बजारको मूल्य १५ दिन अगाडि नै तोकिनुपर्ने बताए । 

बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयहरू सम्बन्धमा छलफल गरएको थियो ।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले यस्ता विषयमा हरेक मन्त्रालयमा छलफल गरिनुपर्ने बताए । यस्ता छलफलले समस्याको समाधान निकाल्न सहज हुने धारणा राखे । 

 

प्रकाशित : ९ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह