Logo

बिजनेस होम

समीक्षा र एलिनाको अभियानलाई प्रधानमन्त्री ओलीको साथ


gdpnepal
   १४ असार २०८२, शनिबार


 

काठमाडौं । सामाजिक सञ्जालमा तुच्छ कमेन्ट गर्नेहरुलाई नंग्याउने अभियान सुरु गरेका गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानलाई प्रधानमन्त्री केपी ओलीले पनि साथ दिएका छन् ।

ओलीले शनिबार बिहान लेखेका छन् :

आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।

प्रकाशित : १४ असार २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह