Logo

मुख्य समाचार

उद्यम प्रवर्द्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ: मन्त्री चौधरी


GDP नेपाल
   १६ असार २०८२, सोमबार


काठमाडौं । खेलकुद तथा युवामन्त्री तेजुलाल चौधरीले नेपाली उत्पादनलाई तीनै तहको सरकारबाट प्राथमिकता दिनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौं युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन–२०८२ को उदघाटन कार्यक्रममा बोल्दै उनले सरकारले उद्यम प्रवर्द्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्ने धारणा राखे ।

उनले भने,‘नेपाली उत्पादनलाई तीनै तहको सरकारबाट प्राथमिकता दिनुपर्छ । सरकारले उद्यम प्रवर्द्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ । धितो राखेर कर्जा लिने व्यवस्था गर्नुपर्छ । युवाहरुलाई सर्वसुलभ र झन्जटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छ । युवाले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्छ ।’

त्यस्तै उनले युवाहरु किन निरुत्साहित छन् भन्ने विषयमा वहस आवश्यक रहेको बताए । सरकारको हालै ल्याएको बजेटमा युवा उद्यमशीलता र सीप विकासमा मुख्य जोड दिएको उनको दाबी छ ।

‘किन युवाहरु उत्साहिन हुन सकिरहनु भएको छैन् भन्ने विषयमा पक्कै पनि यस सम्मेलनमा भव्य छलफल हुनेछ । र अर्को कोणबाट प्रतिकुलतामा नै अनुकुलता खोज्ने र चुनौतीलाई सफलताको रुपमा लिन सक्नुपर्छ । नेपाल सरकारको हालै ल्याएको बजेटमा पनि युवा उद्यमशीलता र सिप विकासमा मुख्य जोड दिएको छ ।’

प्रकाशित : १६ असार २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह