Logo

अर्थनीति

पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेलको भाउ ४ रुपैयाँले बढ्यो


gdpnepal
   १६ असार २०८२, सोमबार


काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । 

मंगलबार (असार १७) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको निगमले जनाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले बढाइएको छ । 

भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

 

प्रकाशित : १६ असार २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह