Logo

मुख्य समाचार

आमाको नामबाट नागरिकता पाउने गरी विधेयक पारित भएपछि रेखा थापाले भेटिन् गृहमन्त्री


gdpnepal
   १७ असार २०८२, मंगलबार


काठमाडौं । नायिका रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छिन् । प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो)विधेयक, २०८२’ बहुमतले पारित भएपछि मंगलबार मन्त्रालयमै पुगेर लेखकलाई बधाई दिएकी हुन् ।

गृहमन्त्रीसँगको भेटपछि थापाले सामाजिक संजालमा लेखेकी छिन्,‘सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ । तर नागरिकता लिन जादाखेरी बाबुको खोजी हुन्छ ! तर आमाको नामबाट नागरितका पाउने स्थिति बनेन । अब यस्तो परिस्थितिको अन्त्य भएको छ । नेपाल सरकार एवम गृहमन्त्रीलाई यो साहसिक कदमका लागि धेरै धेरै बधाई । तमाम नगरिकताविहीन नेपाली नागरिकलाई धेरै बधाई । महिलालाई अधिकारका क्षेत्रमा यो सुनौलो काम भएको छ ।’

गृहमन्त्री लेखकले गत शनिबार उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पेस गर्दै लेखकले नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्थालाई विधेयकमा प्रत्याभूति गरिएको प्रतिक्रिया दिएका थिए ।

 

प्रकाशित : १७ असार २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह