काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो ।
राई कवि रहेको खुलासा भएको छ । उनले असार ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय कविता महोत्सवमा ‘हेत्छाकुप्पा र जीवनको रुख’ शीर्षकको कविता बाचन गरेका थिए ।
राईले सामाजिक सञ्जालमा एलिना चौहान र समीक्षा अधिकारीका विषयमा नकारात्मक टिप्पणी गर्दै आएका थिए भने उनीहरुको समर्थनमा लेखेकै कारण प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि आलोचना गरेका थिए ।
राईले एलिनालाई मानसिक रोगीको संज्ञा दिएको पोष्ट उनको फेसबुकमा अझै छ । एलिनाको पोष्टमा दारु खाएर बोलेको भन्नेजस्ता घृणित कमेन्ट उनले गरेका छन् ।
राईविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया