Logo

मुख्य समाचार

उज्वेकिस्तानसँग नेपाल स्तब्ध: एशियन कप खेल्नबाट बञ्चीत


gdpnepal
   २२ असार २०८२, आइतबार


काठमाण्डौ । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गतको निर्णायक खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो ।

योसँगै नेपालले अब सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एशियन कप खेल्नबाट बञ्चीत भएको छ । 

निर्धारित समयमा ३–३ गोलको बराबरी भएको थियो. । नेपालको तीन वटै गोल कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गरेकी हुन् भने उज्वेकिस्तानकी खबीबुल्लाएभा, कराचिक र शोयिमोभाले समान एक गोल गरे ।

निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तानसँग ४–२ गोलले पराजित भयो ।

 

प्रकाशित : २२ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह