काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामै १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसअघि बैशाख महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
यससँगै चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । यो अवधिमा खुद ट्रान्सफर १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो ।
चालु आव जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३ सय २४ र पुनस् श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमशस् ४ लाख २१ हजार ३ सय ५६ र २ लाख ६१ हजार २ सय १० थियो ।










प्रतिक्रिया