Logo

Sub-banner

उपेन्द्र यादवसँगै ईश्वर पोख्रेलको उपप्रधानमन्त्रीमा बढुवा, बादल किने परेनन् ?


appharu
   १८ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । केपी ओली सरकारमा एकैदिन २ जना उपप्रधानमन्त्री नियुक्त भएका छन् । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्रीमा उपेन्द्र यादव र उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा ईश्वर पोखरेलले नियुक्ति पाएका हुन् । लामो अन्योलपछि फोरम अध्यक्ष यादव सरकारमा गए भने पार्टी एकीकरणपछि महासचिव पदबाट बञ्चित पारिएका पोख्रेललाई बढुवा गरी थामथुम पारिएको छ ।
तर, तत्कालीन माओवादीबाट नेतृत्व गर्दै सरकारमा गएका रामबहादुर थापा बादललाई भने प्रधानमन्त्रीले उपप्रधानमन्त्रीको जिम्मेवारी दिएनन् । गृह मन्त्रालयमा राम्रै परफरमेन्स देखाइरहेका बादलमाथिको प्रधानमन्त्रीको व्यवहारले पूर्वमाओवादी भने सशंकित भएको छ ।
यता, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा गोकुलप्रसाद बाँस्कोटाको पदोन्नति भएको छ भने यादवसँगै फोरमबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

यादवले सम्हालेको स्वास्थ्य मन्त्रालयमा तत्कालीन एमालेकी पद्मा अर्याल राज्यमन्त्री छिन् भने यादवले राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरे पनि विवादका कारण राईलाई रोजेका छन् ।

प्रकाशित : १८ जेष्ठ २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह