Logo

अर्थनीति

रुवाण्डासँग व्यापार, पर्यटन, लगानीमा साझेदारीको सम्भावनाः अध्यक्ष ढकाल


gdpnepal
   २८ असार २०८२, शनिबार


काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र रुवाण्डाबीच व्यापार, पर्यटन, लगानीका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताएका छन् ।

रुवाण्डाको स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै उनले नेपालको चिया, जडीबुटी र हस्तकला र रुवाण्डाको प्रविधि, कृषि प्रशोधन र पर्यटन व्यवसायबीच सहयोगको सम्भावना रहेको धारणा राखे । 

नेपाल र रुवाण्डाबीच भन्सार सुधार, डिजिटल उपकरणको प्रयोग, व्यवसायको सहजता प्रवर्द्धन, संयुक्त व्यापार मञ्च र लगानी प्रवद्धनमा सहकार्य गर्न सकिने उनको भनाइ छ । 

अध्यक्ष डकालले रुवाण्डाले व्यवसाय गर्न सहज बनाउन गरेको सुधारको चर्चा गर्दै रुवाण्डा विकास बोर्डको पहल, एकदिनमै कम्पनी दर्ता हुने प्रक्रिया र लगानीमैत्री वातावरणले प्रविधि, वित्त, उत्पादन र पर्यटनमा विदेशी लगानी आकर्षित गरेको उल्लेख गरे । 

कफी, चिया, पर्यटन र पूर्वाधार विकासमा भएको प्रगति नेपाली जनताका लागि पनि सिक्ने विषय भएको उनको भनाइ थियो । 

“रुवाण्डाको यात्राले हामीलाई देखाउँछ कि सानो देशले पनि ठूला कुराहरू हासिल गर्न सक्छ,” अध्यक्ष ढकालले भने, “बलियो संस्थाहरू, सरकार र निजी क्षेत्रबीचको सहकार्य नै यसको आधार हो । भन्ने कुरा हाीले रुवाण्डाबाट सिक्न सक्छौं ।”

रुवाण्डाको साहसिक रूपान्तरण यात्रा नेपाली जनताका लागि प्रेरणाको स्रोत भएको बताउँदै अध्यक्ष  ढकालले १९९४ मा भएको नरसंहारपछि रुवाण्डाले शान्ति, एकता र प्रगति हासिल गर्न गरेको प्रयासलाई उच्च सम्मान प्रकट गरे । 

रुवाण्डाले आफ्नो इतिहासको पीडादायी अध्याय समाप्त गरी विगत तीन दशकमा उल्लेखनीय प्रगति हासिल गरेको उनको भनाई छ । 

रुवाण्डाको अर्थतन्त्र विगतका वर्षहरूमा ७ देखि ८ प्रतिशत वार्षिक वृद्धिदरमा भईरहको छ । 

बलियो नेतृत्व, जनताको परिश्रम र व्यवसायमैत्री नीतिहरू नै रुवाण्डाको विकासको मुख्य आधार बनेको उल्लेख गर्दै उनलेयो सबैका लागि प्ररणादायी कुरा भएको बताए ।

 

प्रकाशित : २८ असार २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह