Logo

मनोरञ्जन

चेल्सीले जित्यो फिफा क्लब विश्व कपको उपाधि


gdpnepal
   ३० असार २०८२, सोमबार


काठमाडौं । चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । यस वर्ष सानदार फर्ममा रहेको पेरिस सेन्ट जर्मेनलाई ३—० को फराकिलो अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो ।

जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे । खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे ।

दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन । ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो । चेल्सीको यो सिजनको दोस्रो उपाधि हो । यस अघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो ।

 

प्रकाशित : ३० असार २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह