Logo

अर्थनीति

पेट्रोल र डिजलको मूल्य घट्यो


GDP नेपाल
   १ श्रावण २०८२, बुधबार


काठमाडौं । नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको छ । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको हो । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजल÷मट्टीतेलमा १ रुपैयाँ मूल्य घटाएको जानकारी दिएको छ । 

यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।

खुद्रा विक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल ÷ मट्टितेलमा प्रति लिटर १ रुपैयाँ ले घटाईएको छ ।

 

प्रकाशित : १ श्रावण २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह