Logo

अर्थनीति

नीतिगत सुधारको प्रभाव एफडीआईमा देखियोः एकै वर्ष ६५ अर्ब लगानी स्वीकृत


gdpnepal
   ३ श्रावण २०८२, शुक्रबार


काठमाडौं । सरकारले मुलुकमा अघिल्लो वर्ष आयोजना गरेको लगानी सम्मेलन एकै वर्षमा दुईपटक गरेको नीतिगत सुधारका कारण वैदेशिक लगानी प्रतिवद्धता बढेको छ ।

उद्योग विभागका अनुसार गत आर्थिक वर्ष (२०८१/८२)मा कूल ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार ४ सय रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । यो लगानी आव २०७१/७२ पछिकै सबैभन्दा बढी हो ।

अघिल्लो आवमा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको थियो भने आव २०७९/८० मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ अर्ब ४० करोड रुपैयाँ थियो ।

वैदेशिक लगानी प्रतिवद्धता अघिल्लो आवको तुलनामा ३ अर्ब ६ करोड रुपैयाँ अर्थात पाँच प्रतिशत बढी हो । यसअघि आव २०७१/७२ मा भने ६७ अर्ब ४५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । जुन हालसम्मकै उच्च हो ।

उद्योग विभागका सूचना अधिकारी पशुपतिबाबु पुरीका अनुसार गत आवमा अटोमेटिक रुटबाट ४ अर्ब ६१ करोड २६ लाख रुपैयाँ बराबरका ४५१ परियोजना स्वीकृत भएका छन् भने अप्रुभल रुटबाट ६० अर्ब ३५ करोड २४ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएका छन् । यस रुटबाट भने जम्मा ३८९ परियोजना मात्र स्वीकृत भएको उनले जानकारी दिए ।

 

प्रकाशित : ३ श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह