काठमाडौं । एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश गरेको छ । सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ २८ वर्षअघि आजकै दिन यस बैंकको यात्रा सुरू भएको थियो ।
“हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २८ औं वार्षिकोत्सव मनाउन गइरहेका छौं,” बैंकले भनेको छ ।
“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने लोकप्रिय स्लोगान सहित सेवा दिइरहेको बैंकले २८ औं वर्ष प्रवेशका अवसरमा समस्त ग्राहक महानुभावसहित नियामक निकायहरू, शेयरधनी, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहेको जनाएको छ ।
“आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ,” बैंकले भनेको छ, “आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं ।”
डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा बैंकले आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएको जनाएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पु¥याउन सफल भएको बैंकले जनाएको छ ।









प्रतिक्रिया