Logo

बैंक / बिमा /शेयर

धितोपत्र बोर्डद्वारा शिवश्री हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासनको अनुमति


GDP नेपाल
   ७ श्रावण २०८२, मंगलबार


काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ ।

कम्पनीले साउन ४ गते, आइतबार बोर्डबाट अनुमति प्राप्त गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चाकु खोलामा निर्मित यो हाईडोपावरले नियमित बिद्युत उत्पादन गरिरहेको छ ।

शिवश्री हाइड्रोपावरले हालको चुक्ता पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १०० प्रतिशत हकप्रद शेयर ( १.१ अनुपातमा)  निष्कासन गर्ने स्वीकृति पाएको छ । यसको अर्थ, शेयरधनीले एक कित्ता बराबर थप एक कित्ता हकप्रद शेयर खरिद गर्न सक्नेछन्। सिटिजन्स क्यापिटल यस हकप्रद निष्कासनको बिक्री प्रबन्धकको रूपमा रहेको छ ।

शिवश्री हाइड्रोपावर लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत नेपालमा दर्ता भएको र निगमित सीमित कम्पनी हो । २७ मंसिर २०७३ मा पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो ।

कम्पनीले २२.२ मेगावाट जडित क्षमताको परियोजना निर्माणको लागि माथिल्लो चाकु ‘ए’ जलविद्युत परियोजनाको लागि उत्पादन इजाजतपत्र प्राप्त गरेको थियो । २२ भदौ २०६७ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो ।

प्रकाशित : ७ श्रावण २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह