Logo

Banner-news

सीएनआईले भन्योः सरकारको प्याकेज सकारात्मक तर पुरक प्याकेज चाहिन्छ


GDP Nepal
   १७ चैत्र २०७६, सोमबार



काठमाडौं । सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक प्याकेजको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । निजी क्षेत्रका अन्य संस्थाहरुले सरकारी प्याकेजले अर्थतन्त्रमा सकारात्मक सन्देश दिन नसकेको बताइरहेका बेला सीएनआईले भने स्वागत गरेको हो ।

सीएनआईले नाजुक अवस्थाबाट अर्थतन्त्रलाई जोगाई राख्न हालै नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य रहेको महशुस गरिएको जनाएको छ । मैद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता वचाईराख्न सहयोग पुग्ने विश्वास लिएएको उसको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ– विभिन्न समयमा परिसंघले उठाउदै आएका विभिन्न विषयहरुलाई नेपालको केन्द्रिय बैंकले मनन गरेको छ, यसले निश्चितरुपम निजी क्षेत्रको मनोवललाई जोगाइराख्न मद्दत पुग्ने हाम्रो विश्वास छ ।

यस्तै नेपालको अर्थव्यवस्थालाई जोगाई राख्न सरकारसँग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा गरिएको भन्दै सीएनआईले स्वागत गरेको छ । सरकारले गरिव परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय गरेकोमा यसलाई अत्यन्त सकारात्मक कदम भनिएको छ ।

हाललाई अल्पकालीन राहतको व्यवस्था गरि मध्य तथा दीर्घकालीन राहत समेत सरकारले ल्याउने परिसंघले विश्वास लिएको उल्लेख छ । जुन अर्थतन्त्रलाई जोगाई सामाजिक सहति व्यवसायिक जगतलाई पुनरसिंचित तथा पुनर्जागरण गर्न आवश्यक रहेको उल्लेख छ ।

विज्ञप्तिमा हाल बन्द रहेका उद्योग तथा व्यवसायलाई पुनः पूर्ण क्षमतामा सुचारु गराउने दायित्व सवैको भएकाले यस्तो अवस्थामा निजी क्षेत्रको मनोवललाई कम हुन नदिन हामी सरकार लगायत सवै सरोकारवालासंग आग्रह गरिएको छ ।

प्रकाशित : १७ चैत्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह