Logo

बिजनेस होम

कर्णाली र सुदूरपश्चिममा पानी पर्ने, अन्य भूभागमा सामान्य बदली


gdpnepal
   २१ आश्विन २०८२, मंगलबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) कर्णाली र सुदूरपश्चिममा पानी पर्ने भए पनि अन्य भूभागमा सामान्य बदली मात्र हुनेछ ।

सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी बायुको प्रभाव छ ।

 बाँकी भूभागमा मनसुनी बायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित : २१ आश्विन २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह