Logo

कर्पोरेट-बजार

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक: अध्यक्ष ढकाल



GDP नेपाल
   २४ कार्तिक २०८२, आइतबार


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पूँजी परिचालन आवश्यक रहेको बताएका छन् । काभ्रे उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् ।

अध्यक्ष ढकालले देशमा ठूला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पूँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नु पर्ने बताए।

उनले त्यसैका लागि महासंघको पहलमा १० अर्ब रुपैंया पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरि काम शुरु गरिएको जानकारी दिँदै यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पूँजीको अभाव नहुने बताए ।

देशको आर्थिक वातावरण सुधार गर्न महासंघ निरन्तर बहस र पैरबी गरिरहेको चर्चा गर्दै ढकालले सुशासन, पारदर्शिता, नीतिगत स्थायित्वको विषयलाई महासंघले प्राथमितासाथ उठाएको जनाए।

“देशमा शान्ति, सुरक्षा र लगानीमैत्री वातावरण सिर्जना हाम्रो साझा प्राथमिकता हो । जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेण्डाहरु महासंघले उठाउँदै आएका एजेण्डाहरु हुन्” उनले भने ,”यद्यपी पछिल्लो जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरुमा ठूलो क्षति भएको छ । उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ ।”


उनले निजी क्षेत्रमाथी भएको आक्रमण र तोडफोडमा संलग्न दोषीलाई कानूनी कारबाही गर्न सरकारसंग माग राखेको र सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिने, नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको बताए ।

“महासंघको आग्रहमा गृह मन्त्रालय सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै सुरक्षा समितिमा उद्योग वाणिज्य संघ अध्यक्ष एवं प्रतिनिधिलाई समावेश गर्ने निर्णय गरेको छ । यसका लागि हामी सरकारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौ ।” उनले भने ।

यस्तै अध्यक्ष ढकालले महासंघकको पवहलमा लामो समय देखिको ट्रंक तथा डेडिकेटेर लाइनको समस्या समाधानको लागि सरकारसंग सहमतीको प्रयास गरेको र यो प्रयाससंगै विद्युतको विषयले दीर्घकालीन समाधान खोज्ने विश्वास लिएको जनाए ।
उनले जिल्लानगर वाणिज्य संघहरुको माग अनुरुप विधान संशोधन गरि दुई जना उपाध्यक्षको व्यवस्था गरिएको जानकारी दिंदै यो व्यवस्थाबाट जिल्ला नगर वाणिज्य संघहरुहरु लाधान्वित हुने बताए।

ढकालले सबैको साझा लक्ष्य स्थायी आर्थिक समृद्धि, उत्पादनमा आधारित अर्थतन्त्र, रोजगारी सिर्जना र स्वावलम्बी नेपाल भएकाले यसको सहकार्यका लागि महासंघ सधैं तयार रहको जानकारी गराए ।

त्यस्तै, सो अवसरमा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले देशको राजधानीबाट नजिक रहेतापनि काभ्रे जिल्लाले उद्यम र व्यवसाय संचालनका सवालमा थुप्रै समस्या र चुनौतीलाई सामना गर्नुपरेको गुनासो व्यक्त गरे ।

“यस काभ्रे जिल्लाको व्यापारीक नगरी बनेपा, पनौति, धुलिखेलमा हाल अरनिको राजमार्ग विस्तारका क्रममा व्यवसायीक कठिनाई भोगी रहेका छौ। यसैले यस क्षेत्रको व्यवसायीक वातावरण बनाई राख्नका लागी छुटै व्यवसायीक स्थान, कृषि क्षेत्र, औद्योगीक क्षेत्र निर्माण गर्न र काभ्रे जिल्लाको पाचखालमा निर्माण भई रहेको विशेष आर्थिक क्षेत्र सेज र मण्डन देउपुरमा निर्माण भई रहेको औद्योगीक ग्रामलाई पर्याप्त बजेटको व्यवस्थापन गरि छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन सरोकार निकायलाई विशेष अनुरोध गर्दछु, समयमै निमार्ण कार्य सम्पन्न गर्न सके औद्योगीक क्षेत्रबाट उत्पादित बस्तुहरु उत्पादन गरि स्थानिय राजेगारी बढाउन कम लागतमा उत्पादन बढाउन सकिन्थ्यो र विदेशी बजारसंग प्रतिस्पर्धा गर्न सहयोग पुऱ्याउने निश्चित छ ।” उनले भने ।

अध्यक्ष वैद्यले व्यवस्थित भौतिक पुर्वाधार सहित तातोपानी नाका सञ्चालनका लागी पहल गर्न आग्रह गरे । नाकाबाट आयातित हुने वस्तुहरुको भण्डारण तथा विपतका सामग्रीहरुको उचित व्यवस्थापनका लागि उपयुक्त स्थानमा गोदाम घर आवश्यकको रहेको औल्याउँदै उनले काभ्रे जिल्लामा राष्ट्रिय क्षमताको गोदाम घर निर्माण गर्न सके जिल्लाको व्यवसायमा थप टेवा पुग्ने बताए ।

प्रकाशित : २४ कार्तिक २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह