काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ४.९८ अंकले घटेर दुई हजार ५६१.०८ विन्दुमा पुगेको छ ।
बैंकिङ १, विकास बैंक ५८, फाइनान्स १५, हाइड्रोपावर ४, जीवन बीमा ६८, माइक्रोफाइनान्स ३, निर्जीवन बीमा ६१ र अन्य उपसमूह ७ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन ७५, उत्पादन ३१ र व्यापार उपसमूह १२ अंकले बढेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज माबिलुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डीष्टिलरी, हिमस्टार उर्जा कम्पनी र बुंगल हाइड्रो, सान्भी इनर्जी, बन्दिपुर केबलकार र झापा इनर्जीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३३८ कम्पनीको ८३ लाख कित्ता सेयर ३ अर्ब ७७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया