Logo

मुख्य समाचार

केपी ओली आयोगमा बयान दिन जानुपर्छः ईश्वर पोख्रेल


gdpnepal
   २५ मंसिर २०८२, बुधबार


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गौरीबहादुर कार्की नेतृत्वको छानबीन आयोगमा बयानका लागि जानुपर्ने बताएका छन् ।

एमालेको आसन्न महाधिवेशनमा अध्यक्षका लागि ओलीसँगै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका पोख्रेलले वैधानिक सरकारले बनाएको न्यायिक आयोगमा बयान दिन नजाने कुरा जिम्मेवार पार्टीका अध्यक्षले गर्न नहुने बताए ।

बुधबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले आयोग अध्यक्ष कार्कीले सामाजिक सञ्जालमा लेखेका कुराहरु आपत्तिजनक रहेको र उनले नेतृत्व गरेको आयोगले निष्पक्ष रुपमा काम गर्छ भन्नेमा सन्देह रहे पनि ओलीले बयान दिएर सघाउनुपर्ने धारणा राखे ।

 

प्रकाशित : २५ मंसिर २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह