काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतशितका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।
यस्तै, लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृह काठमाडौंमा १८ औं वार्षिक साधारण सभा बोलाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।










प्रतिक्रिया