काठमाडौं । सरकारले मंगलबार संसदमा आर्थिक सर्भेक्षण पेश गरेको छ । बजेटको दुई दिनअघि पेश गरिएको सर्भेक्षणमा आर्थिक परिसूचकहरु त्यति खराब नदेखिए पनि फागुनसम्मको तथ्यांकका आधारमा सर्भेक्षण सार्वजनिक गरिने भएकाले चैतपछिको अवस्था प्रतिविम्बित छैन ।
सर्भेक्षणअनुसार नेपालीको आय अमेरिकी डलर १,०८५ पुगेको छ भने गरिवी १८.७ बाट घटेर १६.६७ प्रतिशतमा झरेको छ ।
आर्थिक सर्भेक्षणका मुख्य हाइलाइटहरु यसप्रकार छन्ः
१. चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रारम्भिक अनुमान
२. निरपेक्ष गरिबी करिब १६.६७ प्रतिशत रहने अनुमान छ
३. औसत उपभोक्ता मुद्रास्फीति दर ६.५ प्रतिशत रहेको छ, अघिल्लो वर्षको यस्तो मुद्रास्फीति दर ४.२ प्रतिशत
४. फागुनसम्म कुल सरकारी खर्च ६ खर्ब १० अर्ब ६८ करोड रुपैयाँ। सरकारी खर्चमध्ये चालु खर्च ४ खर्ब ५० अर्ब ७८ करोड, पूँजीगत खर्च ९६ अर्ब ४८ करोड र वित्तीय व्यवस्था ६३ अर्ब ४२ करोड रुपैयाँ ।
५. कुल विद्युत उत्पादन १,३५५ मेगावाट ।
६. फागुनसम्म कुल वस्तु निर्यात ७४ अर्ब ९१ करोड । वस्तु आयात ९ खर्ब २४ अर्ब २४ करोड ।
वस्तु व्यापार घाटा ८ खर्ब ४९ अर्ब ३३ करोड
७. २०७६ असारसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब ९० करोड रहेकोमा ९१ अर्ब ९० करोड थप भई २०७६ फागुनसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड । यसमा आन्तरिक ऋण ४ खर्ब ४० अर्ब ५ करोड र वाह्य ऋण ६ खर्ब ९९ अर्ब ७५ करोड ।
प्रतिक्रिया