Logo

बैंक / बिमा /शेयर

ग्रीन भेन्चर्सले बोलायो साधारण सभा


GDP नेपाल
   ७ पुस २०८१, आइतबार


काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले छैटौंँ वार्षिक साधारण सभा बोलाएको छ । सभा पुस २८ गते रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुने छ ।

सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ सहित ०.५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभाले बोनस वितरण पछि पूँजी वृद्धि हुने र सो सम्बन्धी व्यवस्था प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १४ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।
त्यस कारण पुस ११ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ७ पुस २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह