Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ बैंकले बोलायो साधारण सभा


GDP नेपाल
   ७ पुस २०८१, आइतबार


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभा पुस २८ गते भद्रकालीको आर्मी अफिसर्स क्लबमा हुने छ । सभाले लाभांश प्रस्ताव पारित गरिनेछ । बैंकले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।


साधारण सभामा एसबिएल ८.५ प्रतिशत अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृतीपश्चात जारी गर्ने प्रस्ताव पनि राखिएको छ । साधारण सभामा प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव राखिएको छ ।


बैंकले साधारण सभा तथा लाभांश वितरणका लागि पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश र साधारण सभामा सहभागिता हुन पाउने छन् ।

प्रकाशित : ७ पुस २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह