Logo

Banner-news

पशुपतिनाथ मन्दिरमा अब क्यूआर कोडबाटै भेटी !


GDP Nepal
   १४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौं । हिन्दुहरुको पवित्र मन्दिर पशुपतिनाथमा अब नगदरहित भेटी भुक्तानी सेवा सुरु भएको छ । भक्तजनले अब क्यूआर कोडमार्फत भेटी चढाउन सक्ने सुविधा सुरु भएको हो ।

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डिजिटल कारोबार विस्तार गर्नेक्रममा पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यूआर कोड सेवा शुक्रबार सुरु ग¥यो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसको शुभारम्भ गरे ।

अधिकारीले डिजिटल दान पेटिकाको क्यूआर कोड स्क्यान गरी पशुपतिनाथलाई डिजिटल तवरले दान गरी सेवा सुरु गरेका हुन् ।

कार्यक्रममा गभर्नर अधिकारीले नगदरहित कारोबारलाई राष्ट्र बैंकले अभियानको रुपमा संचालन गरीरहेको जानकारी गराउँदै डिजिटल कारोबारबाट हुने आर्थिक एवं सामाजिक फाइदाहरुको बारेमा प्रकाश पारे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले नगदरहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराए ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले डिजिटल दान पटिकाले मन्दिर परिसर भित्रहुने दान तथा भेटीहरु व्यवस्थापनमा सहयोग पुग्ने भएकाले यस कार्यको लागि बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंसा गरे ।


कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको संचालक समिति अध्यक्ष प्रकाश श्रेष्ठले धार्मिक स्थानमा उपस्थितिले बैंकको गरिमा बढ्ने बिचार व्यक्त गरे ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह