Logo

Banner-news

डेपुटी गभर्नरको कुर्सीमा पहिलोपटक महिला, ढुंगाना र मिश्रले बाजी मारे


GDP Nepal
   २५ फाल्गुन २०७७, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलोपटक महिलाले नियुक्ति पाएकी छन् । राष्ट्र बैंककी कार्यकारी निर्देशक निलम ढुङ्गाना तिमिल्सिना पहिलो महिला डेपुटी गभर्नर भएकी छन् ।

ढुंगानासँगै अर्का कार्यकारी निर्देशक बमबहादुर मिश्र पनि डेपुटी गभर्नरमा नियुक्त भएका छन्। गभर्नर महाप्रसाद अधिकारीले ढुंगाना र मिश्रसहित चार जनाको नाम डेपुटी गभर्नरका लागि मन्त्रिपरिषदमा सिफारिस गरेका थिए ।

ढुङ्गाना अहिले राष्ट्र ऋण विभागकी कार्यकारी निर्देशक हुन् भने मिश्र विदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन्।

अघिल्लो साता पाँच बर्षे कार्यकाल पुरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अवकाश भएपछि डेपुटी गभर्नर पद रिक्त थियो।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह