Logo

Banner-news

जेन्युइन रिइन्स्योरेन्स खुल्दै: १० अर्ब पुँजीमध्ये ७ अर्ब जुट्यो, विदेशीलाई २०% दिइने


GDP Nepal
   २ चैत्र २०७७, सोमबार


काठमाडौं । नेपाली पुनर्बिमाका क्षेत्रमा जेन्यूइन रिइन्स्योरेन्स कम्पनी स्थापनाको तयारी भइरहेको छ । प्रस्तावित जेन्यूइन रिइन्स्योरेन्स कम्पनीले यसका लागि व्यक्तिगत ठूला संस्थापकल गानीकर्ताबीच इम्पेरियल होटल काठमाडौंमा सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अधिकृत पुंजी २० अर्ब, जारी तथा चुक्ता पुंजी १० अर्ब पुंजी संरचना रहने गरी स्थापनाको लागि प्रस्तावित गरिएको छ ।

कम्पनीले ब्यक्तिगत संस्थापकहरुबाट ४ अर्ब, बैंक बित्तीय संस्था तथा अन्य क्षेत्रबाट ३ अर्ब र सर्बसाधारणको लागि जारी हुने साधारण सेयरबाट ३ अर्ब गरी १० अर्ब रुपैया चुक्ता पुंजी पु¥याउने गरी तिब्रताका साथकाम अगाडि बढाइरहेको कार्यक्रममा जानकारी गराइयो ।

कम्पनीले विदेशी लगानीकर्ताहरुको लागि २० प्रतिशत शेयर लगानीको लागि छलफल भइरहेको पनि जनाएको छ ।

बिमा समितिका पूर्वअध्यक्ष प्रा. डा. फत्तबहादुर केसीको उपस्थिति रहेको उक्त अन्तरक्रियामा अर्थ मन्त्रालयका पूर्व प्रमुख सल्लाहकार तथा वरिष्ठ अर्थविद् केशव आचार्यले पुनर्बिमा कम्पनी स्थापना गर्न थालिएको अभियान अत्यन्त सकारात्मक भएको बताए । बिमा क्षेत्रका लामो अनुभवी कृष्णबहादुर बस्नेतले नेपालमा पुनर्बिमाको लागि पर्याप्त क्षेत्र नभएकोले विदेशी बिमा एजेन्टमार्फत व्यवसाय लिन सकेमा अब खुल्ने पुनर्बिमा कम्पनीले राम्रो मुनाफा हासिल गर्नसक्ने बताए ।

गैरआवासीय नेपाली लगानीकर्ता समेतको उपस्थिति रहेको उक्त अन्तरक्रियामा उपस्थित विभिन्न क्षेत्रका व्यवसायीहरुले प्रस्तावित पुनर्बीमा कम्पनीले प्रस्तुत गरेको ब्यवसायिक संम्भाव्यता रिपोर्टमा आफ्ना जिज्ञासाहरु राखे ।

उनीहरुले कम्पनी स्थापनाको लागि आवश्यक संस्थापक पुंजी जुटाउन सहयोग पु¥याउन प्रतिबद्घ रहेको पनि बताए ।

कम्पनी स्थापनाको लागि आवश्यक चुक्ता पुँजी १० अर्बबाट सर्बसाधारणको लागि जारी हुने ३० प्रतिशतले हुनआउने ३ अर्ब बाहेक तत्काल पु¥याउनु पर्ने चुक्ता पुंजी ७ अर्बमध्ये संस्थागततर्फ छुट्टाएको ४ अर्बको प्रतिबद्घता प्राप्त भइसकेको जनाइएको छ ।

यस्तै, व्यक्तिगततर्फ ४ अर्बको प्रतिवद्धता पनि पुगिसकेको जानकारी गराइएको थियो ।
कम्पनीको दर्ता प्रक्रियालाई पूर्ण गर्न आवश्यक कामगर्ने गरी अभियान लघुवित्त बित्तीय संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा बिमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्कीलगायत विभिन्न क्षेत्रका अग्रज तथा बिमा क्षेत्रमा लामो समय योगदान गरेकाव्यक्तित्वहरु तथा संस्थागत संस्थापकहरु सहितको सञ्चालक समिति गठन भएको छ ।

कृषि विकास बैंकका पूर्व विभागीय प्रमुख मुकुन्दप्रसाद शर्मा पराजुली, बिमा बिज्ञ डा. रवीन्द्र घिमिरे, विमा विज्ञ कृष्णबहादुर बस्नेत, गैरआवासीय नेपाली संघ रसियाका सदस्य डा. एक नारायण चापागांई, वैदेशिक रोजगार ब्यवसायी तथा विद्युत् उत्पादन क्षेत्रका ब्यवसायी रघु पुरी, निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तलगायतका शेयरधनिहरुको सहभागितामा प्रकृया अघि वढिरहेको जानकारी दिइयो ।
प्रस्तावित कम्पनीको तर्फबाट अध्यक्ष बाबुराम थापा, श्रीमान कार्की, मुकुन्द प्रसाद पराजुली र सि.ए. प्रयास .महर्जनले कम्पनीको ब्यावसायिक योजना र कम्पनी स्थापनाको सिलसिलामा हालसम्म भए गरेका कामहरु बारे प्रस्तुति गरेका थिए ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह