Logo

Banner-news

सय अर्ब निकासी लक्ष्य पूरा हुँदैः चैतसम्म ९५ अर्बको निर्यात, व्यापारघाटा फेरि उस्तै !


GDP Nepal
   २९ बैशाख २०७८, बुधबार


काठमाडौं । मुलुकले लामो प्रयासपछि चालू वर्षमा भने सय अर्ब निकासीको लक्ष्य पूरा गर्ने भएको छ । करिब एक दशकदेखि सय अर्ब निकासी पुर्याउने प्रयास भइरहे पनि चालू वर्षमा भने पूरा हुने संकेत देखिएको छ ।
चालू आर्थिक वर्ष (२०७७/७८) को नौ महिनामा कूल वस्तु निर्यात २०.२ प्रतिशतले वृद्धि भई ९४ अर्ब ७७ करोड पुगेको छ ।

यसरी हेर्दा वैशाख, जेठ र असारमा भने ५ अर्ब २३ करोडको निकासी हुन सकेमा सय अर्बको लक्ष्य पूरा हुने देखिन्छ । कोभिडका कारण निकासी क्षेत्र प्रभावित भए पनि यति परिमाणमा भने निकासी सम्भव रहेको जानकारहरु बताउँछन् ।

निकासीमा केही सुधार देखिए पनि व्यापारघाटा भने पहिलेकै अवस्थामा फर्किएको छ । नौ महिनामा कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले वृद्धि भई १० खर्ब १६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.५ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ प्रतिशत
रहेको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः २३.५ प्रतिशत र १४.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा २७.३ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

यता, आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई ११ खर्ब ११ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.५ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएकोे छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको
आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

प्रकाशित : २९ बैशाख २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह