Logo

Banner-news

छिमेकी मुलुकसँगको व्यापार सन्तुलन झिन् बिग्रियोः भारततर्फ निकासी बढ्यो, चीनमा घट्यो


GDP Nepal
   १ असार २०७८, मंगलबार


काठमाडौं । चालू आर्थिक वर्ष (२०७७/७८) को दश महिनामा कूल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई १०८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

पहिलो पटक वैदेशिक व्यापारमा १० महिनामै निर्यात १ खर्ब नाघे पनि छिमेकी मुलुकसँगको व्यापार सन्तुलन झन बिग्रिएको छ । १० महिनामा भारततर्फ ३५.८ प्रतिशतले निकासी बढे पनि चीनतर्फ भने १८.४ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

नेपालबाट भारततर्फ सोयाविन तेल, अलैंची, जुटका सामान लगायतका वस्तुको उच्च निकासी गरेको छ । अन्य मुलुकतर्फ धागो (पोलिष्टर तथा अन्य) ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढाउन सफल भएको छ । गत वर्ष निकै ठूलो परिमाणमा निकासी भएको पाम तेलको निकासी भने यस वर्ष घटेको छ ।

यस्तै, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात पनि घटेको छ ।

यता, दश महिनामा कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९.८ प्रतिशत, १७.२ प्रतिशत र ६.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

केन्द्रीय बैंकका अनुसार दश महिनामा कुल वस्तु व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत
रहेको थियो ।

प्रकाशित : १ असार २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह