Logo

Banner-news

तामाकोशीमा कति भ्रष्टाचार ? आयोजना प्रमुखको सम्पत्ति छानबीन गरौंः आयोग उपाध्यक्ष


GDP Nepal
   २२ असार २०७८, मंगलबार


काठमाडौं । माथिल्लो तामाकोशी परियोजना ढिलाई हुनु र आयोजनाको लागत बढ्नुमा भूकम्प, नाकाबन्दी र कोरोनालाई बहाना बनाइए पनि भ्रष्टाचार पनि मुख्य कारण रहेको सरकारी अधिकारीहरुले नै आशंका गरेका छन् ।

बागमती प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतले आयोजनाको पारदर्शिताका सम्बन्धमा प्रश्न उठाउँदै आयोजना प्रमुख विज्ञान प्रसाद श्रेष्ठको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

माथिल्लो तामाकोशी सरोकार समितिका सचिव समेत रहिसकेका अधिवक्ता बस्नेत हाल प्रदेश सरकारको जिम्मेवार तहमा छन् । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष खिमलाल देवकोटाको राजीनामापछि उनले नै कार्यवाहक उपाध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् ।

बस्नेतले आफ्नोसमेत सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख गर्दै फेसबुकमा लेखेका छन्ः २७ अर्ब त्यसको वास्तविक लगानी थियो तर ४३ अर्ब बनाई पुनः ८ अर्ब घटाइ ३५ अर्ब देखाइयो तर आज यो स्थिति पुग्यो । आजको यो सुखद वत्ति बलेको दिनको अवसरमा सरकार र निजी क्षेत्र वा स्वतन्त्र आयोग बनाइ मेरोबाटै न्यायिक छानबिनको शुरुवात होस् ।

बस्नेतले फेसबुकमा लेखेको जस्ताको तस्तैः
आज सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले वत्ति वालेर उद्घाटन गर्नुभयो । यो परियोजना नाजायज ढंगले महङ्गो भएको सबैले महशुस गरे । यदि सबैले महशुस गरेको हो भने तामाकोशी परियोजनाको सरोकार समितिको सचिवको हैसियतले मेरो र आयोजना प्रमुखको हैसियतले विज्ञान श्रेष्ठज्यूको श्रीसम्पत्तिको अनुसन्धान गर्न सबै निकायले हेर्न सक्नुपर्छ । मलाई सरोकारमा रहँदा लाग्ने दोस र आयोजना प्रमुखले प्रमुखको हैसियतले काम गर्दा लाग्ने दोस छ भन्ने शंका गरे म पशुपति नाथ वा भिमेश्वर मन्दिरमा साक्षी राखेर सबै कसम खान सक्नुपर्छ । त्यसरीनै आयोजना प्रमुखले पनि सबै कहन सक्नुपर्छ । यो हुन सकेमा मात्र वास्तविक तामाकोशी आयोजनाको पारदर्शिता पत्ता लाग्छ । त्यो आयोजनाको सन्दर्भमा कसले कत्ति चन्दा लिएको कुरा पनि प्रष्ट भनिदिनुपर्छ । यसको खोजी गर्ने अधिकार सबै कर्मचारी राजनेता तथा शेयरसदस्यमा सुरक्षित छ । शुरुमा मिटिङ भत्ता खानुहुँदैन भनेर कुराराख्दा पछिल्लो पटकबाट वैठकमानै नडाग्ने संस्कारले ठाउँ पाएको अवस्थामा मिडिया उचाली परियोजनानै फेल गर्न लाग्यो भनियो । हिजो यो कुरा उठाउँदा कत्तै माथिल्लो तामाकोशी आयोजनानै असफल बनाउन लाग्यो भन्ने आरोप कुनै कुनाबाट आएकोले भ्रष्टचार भन्दा परियोजना वन्नु चाही राम्रो ठानियो तर अव आयोजना सम्पन्न भएको छ । त्यो त्रासबाट आजदेखि डराउने दिन गएका छन् । सायद २७ अर्ब त्यसको वास्तविक लगानि थियो तर ४३ अब बनाइ पुन ८ अर्व घटाइ ३५ अर्ब देखाइयो तर आज त्यो स्थित पुग्यो । आजको यो सुखद वत्तिवलेको दिनको अवसरमा सरकार र नीजि क्षेत्र वा स्वतन्त्र आयोग बनाइ मेरोबाटै न्यायिक छानविनको शुरुवात होस् । यसको निश्पक्ष छानविनले आगामि अरु परियोजनामा हुने भ्रष्टचारलाई नियन्त्रण गर्न ठूलो सहयोग पुग्छ । चमेलियाको साथी यो वन्यो । मलाई खुशी भन्दा पनि दुख लाग्यो । हाल मबाट भएको गल्तीको सन्दर्भमा मेरो परिवार साक्षाी राखेर पशुपति नाथ वा भिमेश्वरको सामु सत्यवोल्ने हिम्मत गर्ने छु र आयोजना प्रमुखले पनि सत्य वोल्नु हुनेछ । उहाँमाथि आरोप होइन लोकले उठाएको कुरालाई हामीले स्वीकार्न सक्नुपर्छ ।यसो गर्दा समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालिन सोचलाई पुरा गर्न सकिन्छ । हामी दुवैमा पारदर्शिता छ भन्ने तामाकोशीमा देखाउन सके मुलुकलाई ठूलो योगदान पु्ग्छ ।

प्रकाशित : २२ असार २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह