पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई उडानको भाडादर बढाएका छन् । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन) ले आन्तरिक उडानमा ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा वृद्धि गरेको हो । आज (आइतबार)देखि लागू हुने गरी एओएएनले सबैभन्दा बढी विराटनगर–नेपालगन्जको भाडादर बढाएको छ । कम्पनीले जारी गरेको…