काठमाडौँ । नेपाल एलपि ग्यास उद्योग संघले १५ दिनका लागि आन्दोलन स्थगित गरेको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा सरकार आफना मागहरुप्रति सकारात्मक भएको जनाउँदै संघले १५ दिनका लागि आन्दोलन स्थगित गरेको हो । "उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका मन्त्री दामोदर भण्डारीको समुपस्थितिमा नेपाल आयल निगमका संचालक समिति पदाधिकारीहरु, निगमका पदाधिकारीहरु…