काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले साधारण सभा आह्वान गरेको छ । संस्थाले पुस १७ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको हो । संस्थाका अनुसार सभा हाइट हाउस पार्टी प्यालेस शुक्लागण्डकी, दुलेगौंडा तनहुँमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीको सञ्चाल समितिले निर्णय गरेको २० प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गरिने छ ।…